काठमाडौं । साताको कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक घटेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक ४५.०९ अंकले घटेर २१७३.४४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२७ कम्पनीको ३४ लाख ५६ हजार ५ सय २९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४ करोड ९६ लाख ३८ हजार ९ सय ७५ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४ करोड ९६ लाख ३८ हजार ९ सय ७५ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण भ्याली हाईड्रोपावर ,अरुण काबेली पावर, हिमालयन डिस्ट्रीलरी ,एनआइसी एशिया बैंक र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा बलेफी हाईड्रोपावरले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो। यस अलावा उपकर लघुवित्त,गणपति लघुवित्त,१० % नेपाल एसबिआइ बैंक देभेंचर २०८६ र सानिमा लार्ज क्याप फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा नेपाल इन्भेस्टमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ९ प्रतिशत भन्दा धेरैले घटेको हो । नेपाल इन्भेस्टमेन्टको सेयरमा यस्तो गिरावट आउँदा ज्योति लाइफ इन्स्योरेन्स,लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र मल्टिपर्पोज फाईनान्स कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्