काठमाडौं । सोमबार पनि नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ४८.७३ अंकले घटेर २३०७.४४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२८ कम्पनीको ३९ लाख ७८ हजार ०७८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाईड्रोपावरको भएको छ । यस कम्पनीको ४ करोड ७३ लाख ५६ हजार ७ सय ४३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाईड्रोपावरको भएको छ । यस कम्पनीको ४ करोड ७३ लाख ५६ हजार ७ सय ४३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवंम सिमेन्ट ,हिमालयन डिस्टिलरी, नेपाल फाईनान्स, युनियन हाईड्रोपावर र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ। यस अलावा सपोर्ट माइक्रो फाईनान्स,सामुदायिक लघुवित्त,सबैको लघुवित्त र लक्ष्मी एक्युटि फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा नेपाल फाईनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य नेगेटिभ सकिर्ट लागेको छ। नेपाल फाईनान्समा यस्तो गिरावट आउँदा युनियन हाईड्रोपावर , दिब्यशोरी हाईड्रोपावर, घमेली हाईड्रो र बुद्धभुमि हाईड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्