×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बुधबारको बजार अपडेट : यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

काठमाडौं । बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५६.०६ अंकले बढेर २३६९.०६  बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से ) का अनुसार बुधबार कुल २२९ कम्पनीको ५३ लाख ३३ हजार १ सय ०९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब १६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाईड्रोपावरको भएको छ । यस कम्पनीको १० करोड ५९ लाख ७४ हजार ९० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाईड्रोपावरको भएको छ । यस कम्पनीको  १० करोड ५९ लाख ७४ हजार ९० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नगडी ग्रुप पावर, राधि विद्युत कम्पनी,हिमालयन डिस्टिलरी,शिवम् सिमेन्ट र युनिभर्शल पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा न्याशनल हाईड्रोपावर,नेपाल फाईनान्स, सिनर्जी पावर,राधि विद्युत, युनिभर्शल पावर कम्पनी,र जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा गणपति लघुवित्त , युनियन हाईड्रो र बरुण हाईड्रो कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा ८.५ % सानिमा डेभेन्चर २०८७ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशत भन्दा बढीले घटेको छ । सानिमा डेभेन्चरको सेयरमा यस्तो गिरावट आउँदा सानिमा ईक्युटि फण्ड,लक्ष्मी उन्नति कोष,नेस्डो समृद्ध लघुवित्त र सिद्धार्थ इक्युटि फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: