×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबारको बजार अपडेट : यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मंगलबारको बजार अपडेट : यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

Artha Sarokar

३ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से ) का अनुसार मंगलबार कुल २२१ कम्पनीको ३५ लाख ९५ हजार ७ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार जाल्पा सामुदायिक लघुवित्तको भएको छ । यस कम्पनीको  करोड ७९ लाख ९ हजार ५ सय १३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार जाल्पा सामुदायिक लघुवित्तको भएको छ । यस कम्पनीको ९ करोड ७९ लाख ९ हजार ५ सय १३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण भ्याली हाईड्रोपावर,सानिमा मै हाईड्रोपावर, सुर्य लाईफ इन्स्योरेन्स, अप्पर तामाकोशी र एनआईसी एसिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा सामुदायिक लघुवित्तका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा ४ प्रतिशत भन्दा बढीले बढेको हो । यस अलावा बोटलर्स नेपाल,एनआइबीयल सम्बृद्धि फण्ड -२, र सनराईज फस्ट म्युचल फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा युनाईटेड इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।  युनाईटेडको सेयरमा यस्तो गिरावट आउँदा लुम्बिनी जेनरल इन्स्योरेन्स,सुर्य लाईफ इन्स्योरेन्स ,बुद्धभुमि नेपाल हाईड्रो,इमर्जिङ्ग नेपाल र दिब्यशोरी हाईड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी