×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबारको बजार अपडेट : यी हुन् बिहिबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बिहिबारको बजार अपडेट : यी हुन् बिहिबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

Artha Sarokar

५ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पाचौ दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २३.५१ अंकले घटेर २२५०.९१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से ) का अनुसार बिहिबार कुल २१९ कम्पनीको ३७ लाख ९८ हजार २ सय ६३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार प्रभु बैंक लिमिटेड प्रोमोटरको भएको छ । यस कम्पनीको १२ करोड ८१ लाख ७९ हजार ९ सय ६२ रुपैयाँ  बराबरको सेयर कारोबार भएको हो ।

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार प्रभु बैंक लिमिटेड प्रोमोटरको भएको छ । यस कम्पनीको १२ करोड ८१ लाख ७९ हजार ९ सय ६२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस एनआइसी एसिया लघुवित्त बित्तियसंस्था प्रमोटर ,अरुण भ्याली हाईड्रोपावर , अरुण काबेली र हिमालयन डिस्ट्रीलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा जेनेरल इन्स्योरेन्सका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा ७ प्रतिशत भन्दा बढीले बढेको हो । यस अलावा मैलुंग खोला जल बिद्युत, एनयमबि हाईब्रिड फण्ड -१, एनआइसी एशिया सेलेक्ट फण्ड -३०, र नबिल ब्यालेन्स फण्ड -३ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा लुम्बिनी जेनेरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । लुम्बिनी जेनेरलको सेयरमा यस्तो गिरावट आउँदा युनियन हाईड्रोपावर ,सुर्यदय वोमी लघुवित्त ,श्री इन्भेस्टमेन्ट रहिमालयन उर्जामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी