काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १५.८२ अंकले घटेर २२३५.०९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) का अनुसार शुक्रबार कुल २२३ कम्पनीको २५ लाख २४ हजार २ सय ६८ कित्ता सेयर खरिद बिक्री हुँदा ९३ करोड २२ लाखमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण काबेली पावरको भएको छ । यस कम्पनीको ३ करोड २ लाख ४५ हजार ५ सय ७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच शुक्रबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण काबेली पावरको भएको छ । यस कम्पनीको ३ करोड २ लाख ४५ हजार ५ सय ७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्ट्रीलरी ,सांग्रिला डेभल्पमेन्ट बैंक , नेपाल रिइन्स्योरेन्स कम्पनी र अपी पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी शुक्रबारको सेयर बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा २ प्रतिशत भन्दा बढीले बढेको हो । यस अलावा श्री इन्भेस्टमेन्ट फाईनान्स , लक्ष्मी लघुवित्त वित्तीय संस्था, एनएमबी हाईब्रिड -१, र मिर्मिरे माइक्रोफाईनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै शुक्रबारको सेयर बजारमा तेर्हथुम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । तेर्हथुमको सेयरमा यस्तो गिरावट आउँदा प्रभु लाईफ इन्स्योरेन्स ,एनएमबि-५० र लुम्बिनी जनरल इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्