×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नियामकलाई अटेरी गर्दै ‘मनपरी’ गर्ने विन नेपाल लघुवित्तको सेयर कारोबार फुकुवा, के भएपछी कुरो मिल्यो ?

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को जेठ ५ गतेको निर्णय बमोजम विन नेपाल लघुवित्तको सेयर कारोबार फुकुवा गरिएको हो । कमपनीले पुनः बुक क्लोजको मिति तोकी पठाउने भएपछि नेप्सेले सेयर कारोबार फुकुवा गरेको हो । नेप्सेले जेठ ३ गतेदेखि यस कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो ।

कम्पनीको वैशाख २९ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांशमा संशोधन गरेको थियो । यस्तै कम्पनीले जेठ २० गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि जेठ ३ गतेदेखि जेठ २० गतेसम्म बुक क्लोज गर्ने भएको थियो ।

कम्पजीले बुक क्लोज गर्नेबारे वैशाख ३० गते पत्र पठाउँदै नेप्सेलाई जानकारी गराएको थियो । तर धितोपत्र सूचीकरण विनियमावली, २०७५ को धितोपत्र सूचीकरणसम्बन्धी सम्झौतापत्रको बुँदा १० मा भएको व्यवस्थामा संगठित संस्थाले बुक क्लोज गर्नुपर्ने भएमा सोको कारण तथा बन्द रहने अवधिसहितको जानकारी कम्तीमा ७ दिन अगाडि नै नेप्सेलाई पठाउनुपर्ने हुन्छ । विन नेपाल लघुवित्तले यही व्यवस्थाको उल्लंघन गरेकोले सेयर कारोबार रोक्का राखेको हो । यसबारे नेप्सेले स्पष्टीकरण पठाउन निर्देशन दिएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: