×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘धेरैपछिको बजार बढोत्तरीलाई ‘ट्रेडर’ले कसरी बुझ्ने ? ‘शर्ट-टर्म’ खेल्नेले कतिसम्मको टार्गेट राख्ने ? यसो भन्छन् अजय सिंह थापा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ असार २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

‘धेरैपछिको बजार बढोत्तरीलाई ‘ट्रेडर’ले कसरी बुझ्ने ? ‘शर्ट-टर्म’ खेल्नेले कतिसम्मको टार्गेट राख्ने ? यसो भन्छन् अजय सिंह थापा

काठमाडौँ । धेरैपछि सेयर बजारमा उछाल देखिएको छ । धेरै दिनको उदेकलाग्दो घटाईपछि आइतबार सेयर लगानीकर्ताहरुले आनन्दको स्वास फेर्न पाएका छन् । तर धेरैको प्रश्न छ-‘के बजारको यो बढोत्तरी टिक्ला ? प्राविधिक रुपमा बजार कता जाँदैछ ? अवको बजार यात्रा बुलको हो ? वा आजको बढोत्तरीमा हौसिहाल्नुपर्ने केहि छैन ? आखिर के हो त बजारको अवको पाटो ? कता हो त बजारको अवको बाटो ?
प्राविधिक विश्लेषक अजय सिंह थापा (जय सम्भो) बजारमा केहि सकारात्मक समाचार आउने थाहा पाएपछि धेरै लगानीकर्ता बजारमा सेयर किन्न हौसिएको हुन सक्ने बताउँछन् । ‘आजको बजारबाट लगानीकर्ताहरुले भविष्यमा आउने केहि गुडन्युजलाई रिएक्सन गरेको हुन सक्छ । बजारमा केहि राम्रा समाचार आउंदैछन् र ती समाचार आउने थाहा पाएर बजारमा लगानीकर्ताहरु प्रवेश गरेको हुन सक्ने देखिन्छ ।’ विश्लेषक थापा भन्छन्- ‘होइन भने अहिलेको सेन्टिमेन्टले यतिको बजार बढ्नु सामान्यचाहिं होइन ।’
उनका अनुसार आइतबारको बजार बढोत्तरीलाई सकारात्मक रुपमा नै लिन सकिने अवस्था हो । ‘हामीले आइतबारको बजारलाई सकारात्मक रुपमा नै बुझ्दा हुन्छ।  यसलाई नै अहिले नै धेरै  ठूलो विश्लेषणचाहिँ गर्नुपर्दैन । तर भोलि मर्केटले अझै फलोअप गर्यो भने स्थिति के भन्ने ठ्याक्कै कन्फरमेसन हुन्छ । २/४ दिनमा केहि राम्रो समाचार आउला,  मौद्रिक नीतिमा केहि राम्रो आउला अथवा अर्थमन्त्रालयबाट केहि राम्रो खबर आउने भएका कारण पनि बजार बढेको हुनसक्छ ।’
ट्रेडरले के गर्ने ?
थापाका अनुसार अहिले कतिको रेकर्ड ब्रेक हुन्छ वा हुँदैन भन्दा पनि ट्रेडरले २२६० सम्मको टार्गेट राख्न सक्ने स्थिति छ । ‘२२६० भन्दा अगाडी २११५ को विन्दुलाई पनि सोचेर अगाडी बढ्न सकिन्छ । जस्तै, आज ट्रेड लिइएको छ भने त्यसलाई ब्रेक नगरे पनि एक तहसम्म नाफा गर्न सकिन्छ ।’ उनका अनुसार प्राविधिक रुपमा अवको बजारलाई दुई तरिकाले हेर्न सकिन्छ। ‘अव बजार हेर्दा २२६० सम्मको टार्गेट लिएर बस्न सकिन्छ । अव हामीलाई चाहिँ कस्तो हुन्छ भने त्यहाँसम्म बजार गएपछि बजारमा नयाँ जानकारी आउँछ । जस्तो- राष्ट्र बैंकको नयाँ तथ्यांकहरु आउन सक्छन्, मौद्रिक नीति नयाँ आउँछ । त्यसले बजारमा केहि न केहि प्रभाव पार्ने नै हुन्छ । तर यति तलसम्म आईसकेको बजारमा केहि समयका लागि अवस्था सकारात्मक नै छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: