काठमाडौं । विगत १० दिनदेखि आमरण अनशनमा बसेका सेयर लगानीकर्ता तिलक कोइरालाले उनले भनेका सबै माग पूरा हुने भएपछी अनशन तोडेका छन् । उनका मागहरु सम्बोधन गर्न नियामक धितोपत्र बोर्ड तयार भएपछि अन्ततः उनले १० दिन लामो आन्दोलनलाई ‘ब्रेक’गरेका हुन् । उनलाई धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अनशन तोडाएका हुन् ।
अनशन तोडिएपछि उपस्थितहरुलाई सम्बोधन गर्दै तिलक कोइराला र रमेश कुमार हमालले सहमतिबारे आ-आफ्नो धारणा राखेका थिए । कसले के भने त ? भिडियोमा हेर्नुहोस् :