×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेट पारित भएपछि मन्त्रिपरिषद् पुनर्गठन हुने, अर्थमन्त्रालय कांग्रेसले लिएपछि माओवादीको भागमा गृहमन्त्रालय !

PRIME CA
GLOBAL IME BANK

बजेट पारित भएपछि मन्त्रिपरिषद् पुनर्गठन हुने, अर्थमन्त्रालय कांग्रेसले लिएपछि माओवादीको भागमा गृहमन्त्रालय !

२९ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बजेट पारित भएपछि मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ । उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिने तयारी भइरहेको प्रधानमन्त्री स्रोतले जनाएको छ । अर्थमन्त्रालय कांग्रेसले नै राख्न दातृ निकायले समेत सुझाव दिएपछि कार्कीलाई जिम्मा दिन लागिएको हो ।

त्यस्तै अर्थमन्त्रालय कांग्रेसले लिएपछि पुनर्गठनमा गृह माओवादीको भागमा पर्ने भएको छ । माओवादीबाट पनि उपप्रधानमन्त्रीसहित नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउन लागिएको प्रधानमन्त्री स्रोतले जनाएको छ । यद्यपि यसको पुष्टि भने भएको छैन ।

यता नारायणकाजी श्रेष्ठ समूह माओवादीमा अहिले सन्तुष्ट नभएको कारण महाधिवेशनदेखि स्थानीय तहको टिकट वितरणसम्ममा आफ्नो समूहमाथि पेलान भएको उनीहरूको बुझाइ छ । यस्तै नारायणकाजी समूहले पार्टी फुटाउने तयारी गरेका काराण उनलाई सरकारको नेतृत्वमा पठाउन लागिएको बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: