×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उच्च ब्याजदर सहित बैंक अफ काठमाण्डूको बिओके प्रिमियम प्लस बचत खाता सार्वजनिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

उच्च ब्याजदर सहित बैंक अफ काठमाण्डूको बिओके प्रिमियम प्लस बचत खाता सार्वजनिक

१८ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ग्राहकहरुलाई उच्चतम् ब्याजदरबाट लाभाम्वित बनाउने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडले BOK प्रिमियम प्लस बचत खाता सार्वजानिक गरेको छ । हाल बैंकिङ क्षेत्रहरुमा साधारणतया बैंकहरुले बचत खातामा ग्राहकहरुलाई प्रदान गर्ने ब्याजदर भन्दा बढि ब्याजदरको व्यवस्था सहित अन्य धैरे नि:शूल्क सुबिधाहरु रहेको यस बचत खाता खोली ग्राहकहरुले उच्चतम् लाभ लिन सक्नेछन् ।

“अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु भन्दा अधिक ब्याजदर” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको यस बचत खातामा ग्राहकहरुले ८.०३%को उच्चतम व्याजदर पाउनेछन् । साथै, रु. १०,००० को न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यस बचत खातामा ग्राहकहरुलाई थुप्रै निःशुल्क बैंकिङ सेवाहरुको व्यवस्था रहेको छ । ग्राहकहरुले सामान्यतया शुल्क तिर्नुपर्ने बैंकिङ सेवाहरु जस्तै चेक बुक,Balance Certificate, Demat Account, E-commerce Activation, ABBS खाताको विवरण, मेरो सेयर Connect IPS, डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैैंकिङ यस बचत खातामा निशुल्क उपलब्ध हुनेछ ।

यस बचत खाताका विशेषताहरु निम्न बमोजिम रहेका छन ।
१. वार्षिक ८.०३% ब्याजदरको ब्यवस्था ।
२. न्यूनतम् मौज्दात रु १०,०००।
३. त्रैमासिक रुपमा ब्याज आम्दानी हुने ।
४. निशुल्क चेक बुकको ब्यवस्था ।
५. Balance Certificate को लागि कुनै शुल्क नलाग्ने ।
६. सेयर कारोबारको लागि आवश्यक डिम्याट खाता निशुल्क खोल्ने ब्यवस्था ।
७. विभिन्न अनलाईन सेवा प्रदायक संस्थाहरुबाट वस्तु तथा सेवा खरिद गरि बैंकको कार्डबाट भुक्तानी गर्नलाई आवश्यक E-Commerce Activation सेवा निशुल्क प्रदान गरिने ।
८. ग्राहकहरुले यस बैंकको कुनै शाखा कार्यालयबाट अर्को शाखा कार्यालयमा जतिसुकै रकम पठाउदा शुल्क नलाग्ने ।
९. पहिलो वर्ष निशुल्क मेरो शेयर सुबिधा ।
१०. निशुल्क खाताको विवरण उपलब्ध गरिने ।
११. पहिलो वर्ष निःशुल्क डेबिट कार्डको सुबिधा ।
१२. पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङको सुबिधा ।
१३. पहिलो वर्ष निःशुल्क Connect IPS सुबिधा ।

साथै, बैंकका ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरि संचालनमा ल्याइएको यस बचत खातामा महानुभावहरुले आफ्नो बचत रकममा उच्चतम् प्रतिफलको लाभ पाउनुहुने विश्वाश बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९८ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी