×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मर्जरमा जाने बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकको एक कार्यकाल थपिने

PRIME CA
GLOBAL IME BANK

मर्जरमा जाने बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकको एक कार्यकाल थपिने

२७ जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मर्जरमा जाने बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकको एक कार्यकाल थपिने भएको छ । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ लाई तेस्रो पटक संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यससँगै दुई कार्यकाल पूरा भएका सञ्चालक वा अध्यक्षहरू थप एक कार्यकाल सोही कम्पनीमा काम गर्न पाइने भएको छ ।

यो व्यवस्था मर्जरको प्रकृया सुरू गरेका वा समितिबाट सैद्धान्तिक सहमति पाएका कम्पनीहरुका सञ्चालकहरूलाई मात्र लागू हुने भएको छ । कम्पनीका सञ्चालक वा अध्यक्षहरूले मर्जरको प्रक्रिया सम्पन्न नभएसम्ममा सोही कम्पनीमा थप एक कार्यकालसम्म रहन पाउनेछन् । जसका लागि बीमा समितिको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । हाल कम्पनीका सञ्चालक वा अध्यक्ष दुई कार्यकालभन्दा बढी एउटै कम्पनीमा पुनः नियुक्त हुन नपाउने व्यवस्था छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: