×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन नेपाल र रिलायन्स लाईफ मर्जरका लागि वृहत छलफलमा, सिटिजन्स लाइफ र सानिमाको कुरा ‘लगभग मिल्यो’ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ असार २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

सन नेपाल र रिलायन्स लाईफ मर्जरका लागि वृहत छलफलमा, सिटिजन्स लाइफ र सानिमाको कुरा ‘लगभग मिल्यो’ !

काठमाडौँ । प्राइमलाईफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने सहमति भएको केहि दिनपछि नै सूर्यालाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले एक आपसमा मर्जरमा जाने सहमति गरेपछि अहिले विभिन्न बीमा कम्पनीहरु मर्जरका लागि तातिएका छन् । पूँजी बढाउनुपर्ने बाध्यता र बीमा समितिको चर्को दबाबकाबीच अहिले विभिन्न कम्पनीहरु मर्जरका लागि तातिएका हुन् । यसैबीच सन नेपाल लाइफ र रिलायन्स लाइफ पनि मर्जरका लागि छलफलमा बसेका चाहन भने सिटिजन्स लाइफ र सानिमालाइफ इन्स्योरेन्सको कुरा पनि अन्तिम तहसम्म पुगिसकेको बताइएको छ । यता प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जरमा जाने लगभग सहमति भईसकेको छ ।
सन् नेपाल र रिलायन्स लाइफबीच वृहत छलफल, सिटिजन्स र सानिमाको कुरा लगभग मिल्यो !
सन् नेपाल लाइफ इन्स्योरेन्सका एक संचालकले अर्थ सरोकारलाई दिएको जानकारी अनुसार सन् नेपाल लाइफ र रिलायन्स लाइफबीच मर्जरका लागि वृहत छलफल भईरहेको छ । अन्य केहि कम्पनीसँग पनि मर्जरको छलफल भएपनि सन् नेपाल र रिलायन्स लाइफबीचको छलफल भने धेरै अगाडी बढिसकेको ती संचालकको भनाई छ । ‘हामी स्वाप रेसियोमा सहमत भईसकेका छौं । सीइओ को बन्ने वा अध्यक्ष को रहने भन्ने विषय पनि खासै ठुलो विषय होइन । त्यसैले सन् नेपाल र रिलायन्स लाइफबीच मर्जर हुने सम्भावना निकै बढी छ ।’ ती संचालकले अर्थ सरोकारसँग भने- ‘अरु कम्पनीसँग पनि कुरा नभएको होइन, तर हामीबीच नै मर्जर हुने सम्भावना भने सार्है बढी छ।’
यता सिटिजन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सबीच पनि मर्जरको कुरा मिलिसकेको बुझिएको छ । सिटिजन्स लाइफ इन्स्योरेन्सका सीइओ पोशाक पौडेल सीइओ हुनेगरी स्टाफ एडजष्टमेन्टमासमेत कुरा मिलिसकेको सिटिजन्स लाइफका एक संचालकले अर्थ सरोकारलाई जानकारी दिएका छन् । यद्यपी उनले पनि अन्य केहि कम्पनीसँग पनि मर्जरका विषयमा छलफल भईरहेको बताएका छन् । ‘सिटिजन्स र सानिमाको मर्जरमा स्वाप रेसियो कति हुने भन्ने मोटामोटी छलफल भईसकेको छ । बाँकि यकिन स्वाप डिडिएले निकाल्नेनै छ । बाँकी कुरामा कुनै पनि समस्या छैन। ‘ ती संचालकले अर्थ सरोकारसँग भने ।
अरु कुन कुन कम्पनी को-सँग मर्ज हुँदैछन् ? कुन-कुन कम्पनी मर्जरमा जाँदैनन् ? 
अर्थ सरोकारलाई विभिन्न कम्पनीका संचालकहरुले दिएको जानकारी अनुसार आइएमई र रिलायबल नेपाल लाइफका अलावा सन नेपाल  लाईफ र रिलायन्स लाईफ पनि मर्जरमा जाने विषयमा छलफलमा छन् । यी दुवै कम्पनीका अध्यक्ष वीरगन्जका व्यापारी भएका कारण मर्जरमा जानु नै पर्ने अवस्थामा यी दुई कम्पनी जाने कुरा छ । यस्तै सिटिजन्स लाईफ इन्स्योरेन्स र सानिमालाइफ इन्स्योरेन्सबीच पनि मर्जरका लागि घनिभूत  छलफल भईरहेको बुझिएको छ ।  सिटिजन्स लाइफका सीइओले सानिमा लाइफका प्रतिनिधिलाई भेटेको तस्विर सामाजिक संजालमा पोष्ट गर्नुले पनि यो कुरालाई थप पुष्टी गरेको जानकारहरुको ठम्याई छ ।

यता एशियन लाईफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ, मेटलाईफ इन्स्योरेन्स, राष्ट्रिय बीमा संस्थान र एलआइसी नेपाल भने मर्जरमा नजाने पक्कापक्की भएको छ । एशियन लाईफ इन्स्योरेन्स र नेशनल लाईफ इन्स्योरेन्स पूँजी पुर्याउन सक्ने क्षमता भएका कारण मर्जरमा नजाने भएका हुन् ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी भने बीमा समतिको नयाँ प्रावधान अनुसार पूँजी पुगिसकेकाले मर्जरमा नजाने भएको हो । यता मेटलाइफ इन्स्योरेन्स अमेरिकन कम्पनीको साखा कम्पनी भएकाले मर्जरमा नजाने भएको छ भने एलआईसीएन भारतीय कम्पनीको लगानी भएको भएको भएकाले मर्जरमा नजाने भएको हो । मर्जरमा नजाने भएपछि एलआइसीएनको सेयरमा लगानीकर्ताहरु केहि दिन यता झुम्मिरहेका छन् । यस्तै राष्ट्रिय बीमा संस्थान पनि सरकारी कम्पनी भएकाले मर्जरमा नजाने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: