Skip to content
LAXMI SUNRISE BANK

बीमा भुक्तानीको कुरै छोडौँ, आफ्नै कामसमेत समयमा गर्दैनन् यी बीमा कम्पनी, समितिले चलायो डण्डा !

अर्थ सरोकार

काठमाडौं । बीमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ बीमा कम्पनीलाई कारवाही गरेको छ । बीमा समितिले निर्धारित समयमा वित्तिय विवरण तयार पारी प्रतिवेदन समितिमा नबुझाउने कम्पनीहरुलाई कारवाही गरेको हो ।

समितिले बीमा कम्पनीलाई १० हजारदेखि १० हजार ५ सय रुपैयाँको दरले जरिवाना गरेर कारवाही गरेको हो । समितिले नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा संस्थानलगायत १२ बीमा कम्पनीलाई साढे १० हजार र नेपाल पुर्नर्बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन, एशियन लाइफ इन्स्योरेन्सललगायतका १० कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।

नियामक निकाय बीमा समितिले यसअघि पनि बीमा समितिको नियमित विपरित काम गर्ने वा दायरा बाहिर बस्ने कम्पनीहरूलाई कारवाही गरेको थियो । नियामकीय सीमाभन्दा बाहिर गएका कम्पनीहरूलाई कानुनी दायरामा नबसे आगामी दिनमा थप कारवाही गर्ने सन्देश आज एकै पटक २२ वटा बीमा कम्पनीहरूलाई कारवाही गरेर दिएको छ ।

बीमा समितिका अनुसार बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराइ सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेश गर्नुपर्ने अनिवार्य कानुनी व्यवस्थाको जानी-जानी उल्लघंन गरेकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा ९१० बमोजिम ती कम्पनीहरूलाई जरिवाना गरिएको हो ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK