काठमाडौं । बुक बिल्डिङ प्रक्रियामा सामेल हुन योग्य संस्थागत लगानीकर्ताको संख्या ९८ पुगेको छ । नेपाल धितोपत्र बोर्डले थप पाँच संस्थालाई योग्य संस्थागत लगानीकर्ताका रूपमा काम गर्न स्वीकृति दिएसँगै योग्य संस्थागत लगानीकर्ताको संख्या ९८ पुगेको हो ।
बोर्डले पछिल्लो चरणमा सिभिल बैंकसहित आईएमई जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, आरबीबी म्युचुअल फन्ड-१ र एनआइबीएल समृद्धि फन्ड-२ लाई योग्य संस्थागत लगानीकर्ताका रूपमा काम गर्न स्वीकृति दिएको हो ।
यसअघि विभिन्न मितिमा बोर्डले ९३ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको स्वीकृति प्रदान गरिसकेको छ । धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ता (क्युआइआइ) को अनुमति पाएका संस्थाहरुले बुक बिल्डिङ विधिबाट जारी हुने कुनै पनि कम्पनीको प्राथमिक सेयर निष्कासनमा मूल्य निर्धारण प्रक्रियामा भाग लिन र संस्थागत लगानीकर्ताका रूपमा सेयर किनबेच गर्न पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्