×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७ ब्रोकर कम्पनीको हदै सम्मको मनपरी, नियम मिचेर अडलट कारोबार हुँदा पनि नियामक रमिते !

PRIME CA
GLOBAL IME BANK

७ ब्रोकर कम्पनीको हदै सम्मको मनपरी, नियम मिचेर अडलट कारोबार हुँदा पनि नियामक रमिते !

३१ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रचलित कानुनको धज्जी  उडा उदांउदौदैन विभिन्न  ब्रोकर कम्पनीहरुले मनपरी ढंगले नियम मिचेर सेयर कारोबार गरेको खुलासा भएको छ । धितोपत्र कारोबार सञ्चालन विनियमावली,२०७५ को परिच्छेद २ को बुँदा नम्बर ५ अन्तर्गत कारोबार इकाईका सम्बन्धमा भएको व्यवस्था विपरित ती  ब्रोकर कम्पनीहरुले  सेयर कारोबार गरेको खुलासा भएको हो ।  कारोबार इकाइभन्दा कम परिमाणको धितोपत्र अडलट हुने धितोपत्रको कारोबारलाई अडलट कारोबार भनिन्छ ।

सोमबार पहिलो कारोबार भएको सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबारमा   विभिन्न ७ ब्रोकर कम्पनीहरुले  अडलट कारोबार  गरेको पा इ ए को  हो।  सोमबारबाट पहिलो कारोबार भएको सीवीवाइसी नेपाल लघुवित्तको कुल ११ कारोबारमध्ये १० कारोबार अडलटमा भएका छन् भने सो  अडलट कारोबारमा ब्रोकर नम्बर ७, १४, ४०, ४३, ५३, ५८, र ५९ संलग्न रहेको नेप्सेको फ्लोरसिट तथ्यांकमा देखिएको छ ।

धितोपत्र कारोबार सञ्चालन विनियमावली,२०७५ को परिच्छेद २ को बुँदा नम्बर ५ अन्तर्गत कारोबार इकाईका सम्बन्धमा भएको व्यवस्था अनुसार कारोबार इकाई वा सो भन्दा बढी धितोपत्र भएका धितोपत्रधनीहरुले त्यस्तो धितोपत्रलाई अडलट बनाई बिक्री गर्न पाइने छैन । ब्रोकरहरुले यस्तो मनपरी गर्दा पनि नेप्से भने मुकदर्शक  भएर बसेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: