Skip to content
LAXMI SUNRISE BANK

४९ प्रतिशत सेयर सर्वसाधरणलाई दिनुपर्ने चेम्बरको माग, ‘वित्तिय सन्तुलन कायम गर्न सहयोग पुग्छ’ 

अर्थ सरोकार

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र बाँकि ४९ प्रतिशत सेयर सर्वसाधरण लगानीकर्तालाई निकास गर्नुपर्ने बताएका छन् । अर्थमन्त्रालय अन्तर्गतको राजश्व परामर्श समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा सर्वसाधरण लगानीकर्तालाई पनि समावेश गर्नुपर्ने बताएका हुन् । यसले सर्वसाधरणलाई फाईदा पुग्ने र वित्तिय सन्तुलन पनि कायम गर्न सहयोग गर्ने अध्यक्ष मल्लको भनाई छ । संस्थापक सेयर धनी र सर्वसाधरण लगानीकर्ताबीच ५१ र ४९ प्रतिशतको हिस्सा हुने गरि नीतिगत व्यवस्था गर्न उनले सरोकारवाला निकायसँग आग्रह गरे।

लिमिटेड कम्पनी खोल्दा सर्वसाधरण लगानीकर्तालाई प्राथमिकतामा राख्ने गरि नीतिगत व्यवस्था हुन सके यसबाट सेवा क्षेत्र थप व्यवस्थित हुनेमा अध्यक्ष मल्लले जोड दिनुभयो । सेवा क्षेत्रमा सर्वसाधरणको लगानी आउन सक्यो भने यसले तरलता सिर्जना गर्ने अध्यक्ष मल्लले बताए ।

यस्तै अध्यक्ष मल्लले मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागु हुनुपर्ने बताए । आयतलाई व्यवस्थित गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले आम उपभोग्य र विलासिताका बस्तुहरुमा फरक फरक दर कामय गरिनुपर्नेमा जोड दिएका छन्।
धेरै विद्युत खपत गर्ने ठूल उद्योगका लागि मात्रै सहुलियत दिने बजेटमा उल्लेखित व्यवस्था साना तथा घरेलु र कृषि जन्य उद्योगमा पनि लागु गर्न अध्यक्ष मल्ले आग्रह गरे ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK