Skip to content
LAXMI SUNRISE BANK

‘पुँजीबजारलाई प्रविधियुक्त बनाउन आवश्यकता छ, अज्ञानताका कारण लगानीकर्ता समस्यामा परे’ : अर्थमन्त्री शर्मा

अर्थ सरोकार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारलाई प्रविधियुक्त बनाउन आवश्यक रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सव समारोहमा बोल्दै शर्माले यस्तो बताएका हुन् । यस्तै उनले पुँजीबजारमा अज्ञानताका कारण लगानीकर्ता समस्यामा परेको पनि बताएका छन् । शर्माले पुँजीबजार क्षेत्रमा ज्ञान, जनचेतना, साक्षरताको खाँचो रहेको बताउँदै बोर्डले जनशक्ति परिचालन गर्नुपर्ने बताए ।

यस्तै पुँजीबजार क्षेत्रमा आबद्व रहेका नयाँ लगानीकर्ता गाउँगाउँमा रहेकाले उनीहरूलाई जनशक्ति परिचालन गरी ज्ञान दिन आवश्यक रहेको उनको भनाई छ । साथै पुँजीबजारलाई अर्थतन्त्रको ऐना बनाउन अझै कोसिस गर्नुपर्ने देखिएको पनि उनले बताए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK