×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मौद्रिक नीतिले तरलताको समस्या सम्बोधन गर्छ, बजेटले विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखेको छ’ : अर्थमन्त्री शर्मा

PRIME CA
GLOBAL IME BANK

‘मौद्रिक नीतिले तरलताको समस्या सम्बोधन गर्छ, बजेटले विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखेको छ’ : अर्थमन्त्री शर्मा

२९ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले तरलताको समस्यालाई आगामी मौद्रिक नीतिले सम्बोधन गर्ने बताएका छन् । आइतबार आइएमई लिमिटेडको २२औँ वार्षिकोत्सबको अवसरमा मन्त्री शर्माले मौद्रिक नीतिले अहिलेको समस्यालाई सम्बोधन गर्नु पर्ने बताएका हुन् ।

उनले यो बजेटले बिदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखेको पनि जानकारी गराएका छन् । मन्त्री शर्माले औद्योगिक, कृषि र पर्यटनमात्र नभएर सेवा क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य लिएको बताए । यस्तै मन्त्री शर्माले बजेट कार्यान्वयनमा धेरै प्रश्न उठेको भन्दै सबैले आ-आफ्नो ठाउँबाट बजेट कर्यान्वयन गर्नु पर्ने पनि बताएका छन् ।

कार्यक्रममा मन्त्री शर्माले अहिलेसम्म आइएमईले विप्रेषणका रुपमा २० खर्ब रुपैयाँ भित्र्याएको बताए । आइएमई समुहले एउटा सामान्य सोचलाई उद्योगमा परिणत गर्न सफल भएको पनि उल्लेख गरेका छन् । अहिले पनि जारी गरेको हुण्डीलाई कम गर्न आइएमई जस्ता संस्थाले काम गर्नु पर्ने मन्त्री शर्माको तर्क छ । कार्यक्रममा मन्त्री शर्माले विदेशमा रहेका नेपालीलाई आइएमईमा सहभागी गराउने ब्यवस्था बजेटले गरेको स्मरण गराए ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: