×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेट केन्द्रित भएर राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रूप दिन अर्थमन्त्री शर्माको निर्देशन

PRIME CA
GLOBAL IME BANK

बजेट केन्द्रित भएर राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रूप दिन अर्थमन्त्री शर्माको निर्देशन

२९ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट केन्द्रित भएर राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रूप दिन निर्देशन दिएका छन् । अर्थमन्त्री शर्माले सरकारको मुख्य उद्देश्य गरिबी न्यूनीकरण भएकाले गरिबी न्यूनीकरणमा ठोस योगदान पुग्ने गरी राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रूप दिन समितिलाई निर्देशन दिएका हुन् । राष्ट्रिय बीमा नीतिको मस्यौदामाथि छलफल गरी सुझावहरू सङ्कलन गर्ने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

आगामी आर्थिक वर्षको बजेटलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ प्रस्थान बजेटका रूपमा प्रस्तुत गरिएकाले सोही अनुसार निर्देशित भएर राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रूप दिन निर्देशन दिए । यस्तै अर्थमन्त्री शर्माले लघुवित्त र लघुवीमालाई तालमेल गरी दुबैलाई सँगसँगै जनता नठगिने किसिमले दूरदराजका गरीव एवम् साना किसानसम्म पुर्याउन निर्देशन दिएका छन् ।

साथै सरकारी र निजी क्षेत्रका संरचनाहरुको समेत बीमा गर्ने र कृषि तथा पशुपन्छी बीमाको दाबी सजिलै पाउने गरी कृषि तथा पशुपन्छी बीमा गर्ने व्यवस्था मिलाउनुपर्नेमासमेत जोड दिएका छन् । अर्थमन्त्री शर्माले राष्ट्रिय पुँजी निर्माण र उत्पादनमा बीमालाई परिचालन गर्नेतर्फ गम्भीरतापूर्वक ध्यान दिन आग्रह गरे । राष्ट्रिय बीमा नीति आएपछि सोही नीति अनुरुप प्रदेश र स्थानीय बीमा नीति तर्जूमा हुने विश्वास व्यक्त गरे ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: