×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उद्योगी र मजदुरले मागे अर्थमन्त्रीको राजीनामा, ७ प्रतिशत भन्सार महशुल कायम गरेको व्यावसायीको गुनासो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

उद्योगी र मजदुरले मागे अर्थमन्त्रीको राजीनामा, ७ प्रतिशत भन्सार महशुल कायम गरेको व्यावसायीको गुनासो

Artha Sarokar

९ असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

विराटनगर । मोरङका उद्योगी र मजदुरले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । बिहीबार प्रदर्शन गरेका उद्योगी र मजदुरहरुले शर्माको राजीनामा माग गरेका हुन् । यसअघि उद्योगीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर भन्सार नीति परिवर्तन गर्न आग्रह गरेका थिए । शर्माले आश्वासन दिए पनि माग सम्बोधन नभएपछि बिहीबारबाट आन्दोलन सुरु गरेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा स्यानेटरी प्याडको आयातमा लाग्दै आएको १५ प्रतिशतको भन्सार महशुललाई ९० प्रतिशत कटौती गरी १.५ प्रतिशत कायम गरेको घोषणा गरेका थिए । तयारी वस्तुमा १.५ प्रतिशत कायम गरेपनि कच्चा पदार्थमा साढे ७ प्रतिशत भन्सार महशुल कायम गरेको व्यावसायीले गुनासो छ ।

त्यस्तै वनस्पती तेल उत्पादन गर्ने स्वदेशी उद्योगले आन्तरिक बजारमा प्रतिस्पर्धा गर्न नसक्ने गरी बजेट मार्फत सरकारले आयातलाई प्रोत्साहन गरेको उद्योगी र मजदुरको गुनासो छ । यसअघि वनस्पती तेलको कच्चा पदार्थको आयातमा १० प्रतिशत र प्रशोधित तेलमा १५ प्रतिशत भन्सार महशुल तोकिएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी