×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एफपीओ निष्कासन गर्ने प्रस्तावसहित विन नेपाल लघुवित्तले जेठ ३१ गते डाक्यो वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एफपीओ निष्कासन गर्ने प्रस्तावसहित विन नेपाल लघुवित्तले जेठ ३१ गते डाक्यो वार्षिक साधारणसभा

Artha Sarokar

३० जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विन नेपाल लघुवित्तको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा मंगलबार जेठ ३१ गते हुने भएको हो । सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला सिन्धुपाल्चोकमा विहान ११ बजे हुने भएको छ ।

सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई ९.३३ प्रतिशत बोनस सेयर वितरण गर्नेछ । यस्तै बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने एजेण्डा पनि रहेको छ । बोनस वितरण पश्चात कायम हुने चुक्ता पुँजीबाट एफपीओ निष्कासन गर्ने विशेष प्रताप पनि पारित हुनेछ ।

संस्थापक समूहबाट ४ जना र सभामार्फत सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन हुने भएको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । बोनस वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा रहेको छ ।

अन्य लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइनेछ । सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गरेको छ । तर्सथ जेठ १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने भएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी