काठमाडौं । सांसद गगन कुमार थापाले नेपाल राष्ट्र बैंकले लिएको सेयर कर्जालाई संकुचन गर्ने नीतिका कारण सेयर लगानीकर्ता झुण्डिएर मर्छु भन्न थालेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसद गगन थापाले राष्ट्र बैंकको नीतिका कारण लगानीकर्ताले यस्तो गुनासो गरेको बताएका हुन् । ‘प्रत्येक दिन मेरो घरमा १०, १५ जना मान्छे आउने गरेका छन्’ उनले भने, ‘आउँनेमा काठमाडौंका मात्रै होइन साना साना शहरका पनि रहेका छन् । दुःख गरेर कमाएको २ पैसा पनि गुमेपछि कोही म झुण्डिएर मर्छु भनिरहेका छन् । कोही सडकमा आइपुग्यौ भनिरहेका छन् ।’
राष्ट्र बैंकको नीतिका कारण दुःख गरेर कमाएका पैसा घट्दा लगानीकर्ता निकै त्रसित बनेको उनको भनाइ रहेको छ । बजारको अवस्था नाजुक भएको भन्दै यो विषयमा सरकारले संसदमा जानकारी माग गरेका छन् । यस विषयमा आफ्नो पनि ध्यानाकर्षण भएको थापाले बताए । तरलता अभावको समयमा बजार घट्नु स्वभाविकै भएपनि राष्ट्र बैंकले लिएको सेयर कर्जालाई संकुचन गर्ने नीतिले बजार घट्नु सामान्य विषय नभएको उनको तर्क रहेको छ । सेयर बजारमा सुधार आए लगानीकर्ताको मात्रै होइन समग्र देशको अर्थ व्यवस्था नै बलियो हुने उनको बुझाई छ ।
सेयर बजारमा आएको गिरावटले साना लगानीकर्ता उठ्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ रहेको थियो । २०७८ भदौ २८ गते ३१९८ बिन्दुमा पुगेको बजार अहिले २ हजार भन्दा कम बिन्दुमा रहेको स्मरण पनि गराए । बजारको स्थायित्व कायम गर्न, सेयर बजारमा विश्वास कायम गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड जस्तो नियमनकारी नियकाले के कस्ता काम गरिरहेका छन् त्यसको जानकारी संसदलाई गराउनु पर्ने उनको तर्क रहेको छ ।
रियल सेक्टर र अन्तराष्ट्रिय लगानीकर्तालाई समेत बजारमा ल्याउन र बजार फराकिलो बनाउन आग्रह गरे । अहिले धितोपत्र बजारको विश्वसनियतामा ह्रास आउनु राम्रो नभएको उल्लेख गरेका छन् । धितोपत्र बजारको नीति दिगो र अर्थतन्त्रलाई सबलिकरण गर्ने खालको हुनुपर्ने दाबी गरे । साना लगानीकर्तालाई यस जोखिमको विषयमा जानकारी नगराएका कारण अहिलेको अवस्था आएको हुनसक्ने उनको भनाई थियो । बजार एकाएक घट्दा अर्थतन्त्रले त्यसको भार थाम्न सक्ने हो की होइन ? भन्दै प्रश्न गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्