काठमाडौँ । यति बेला सेयर लगानीकर्ताहरु आन्दोलनमा छन् । बिगत ८ दिनदेखि नेपाल धितोपत्र बोर्डको कार्यालय अगाडी सेयर लगानीकर्ताहरु आन्दोलन गरिरहेका छन् भने तिलक कोइराला आमरण अनशनमा बसेका छन् । आन्दोलनमा जाने लगानीकर्ताले सुनाउन नसकेको तर भोगिरहेको समस्या भनेको शौचालयको थियो ।
शौचालय जानुपर्ने स्थितिमा नजिकै कतै पनि सार्वजनिक शौचालय नभएपछि कतिपय लगानीकर्ताहरु कुनै क्याफेमा पानी वा चिसो पिउने बहानामा शौचालय जानुपर्ने स्थिति थियो । यहि स्थितिलाई बुझेर काठमाडौँको मेयर बालेन्द्र शाहले सेयर लगानीकर्ताहरुले आन्दोलन गरिरहेको ठाउँमा घुम्ती शौचालयको व्यवस्था गरिदिएका छन् । धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई अत्यावश्यक परेको खण्डमासमेत शौचालय प्रयोग गर्न दिएको थिएन।
आन्दोलनका अगुवामध्येका एक रोहण कार्कीले बालेन्द्र शाहले अनशनस्थलमा लगानीकर्ताको समस्यालाई मध्येनजर गर्दै बालेन्द्र शाहले घुम्ती शौचालयको व्यवस्था गरिदिएको बताएका छन् । केहि समय अगाडी शाहले अनशनस्थलमा आएर सेयर लगानीकर्ताहरुको आन्दोलनमा आफ्नो समर्थन रहेको बताएका थिए । काठमाडौँका मेयर शाह आउने थाहा पाएपछि त्यहाँ लगानीकर्ताहरुको भीडसमेत बढेको थियो ।
बालेन्द्र शाह स्वयम् पनि सेयर लगानीकर्ता हुन् । उनलाई चुनावमा जिताउन पनि सेयर लगानीकर्ताहरुले महत्वपूर्ण भूमिका खेलेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्