काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरमा जाने सम्झौता भएको छ । यी दुई बैंकबीच असर २ गते बिहीबार बिहान सम्झौता भएको हो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल तथा बिओकेका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । अहिले ग्लोबलको चुक्ता पुँजी २३ अर्ब ७९ करोड छ भने बिओकेको चुक्ता पुँजी १० अर्ब ६२ करोड रहेको छ । मर्ज भएपछि भने चुक्ता पुँजी ३५ अर्ब हुने पुग्नेछ।
मर्जर पछि ग्लोबल आइएमई बिओके लिमिटेडको नामबाट कारोबार संचालनमा आउने भएको छ। सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ । मर्ज पश्चात् बैंकको कूल पुँजी ५२ अर्ब २९ करोड तथा चुक्ता पूँजी ३४ अर्ब ४१ करोड र निक्षेप ३ खर्ब ८४ अर्ब र कर्जा ३ खर्ब ८० अर्ब हुने छ ।
दुवै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरुलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको छ । साथै बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरु ल्याई ग्राहक, सेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्ने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्य सम्पादन गर्ने दुवै बैंकका सञ्चालक समिति अध्यक्षहरुले सयुंक्त रुपमा प्रतिवद्धता व्यक्त गरेका छन् । मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसावले सर्वोकृष्ट बैंक बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्