काठमाडौं । तत्कालीन जनता बैंकसँगको मर्जरपछि राम्रो भएको भनिएको ग्लोबल आइएमई बैंक भित्रभित्रै खोक्रो भएको पाइएको छ । नियामक नेपाल राष्ट्र बैंकले बैंकलाई ३ अर्ब रुपैयाँ प्रोभिजनिङ गर्न निर्देशन दिएपछि ग्लोबल आइएमईभित्रको बिजोग स्थिति बाहिरिएको छ । नियामक नेपाल राष्ट्र बैंकले गरेको सुपरिवेक्षणका क्रममा बैंकभित्रका थुप्रै कर्जा उच्च जोखिममा परेको भेटिएपछि केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो । केन्द्रीय बैंकले ग्लोबल आइएमई बैंकमा वित्तीय सुशासन पनि सार्है कमजोर भएको तथ्य देखेपछि तत्काल ३ अर्व प्रोभिजनिङ गर्न निर्देशन दिएको हो । बैंकको खराव कर्जा बढ्दै गएको र बैंकले सार्वजनिक गरेका विवरणहरु शंकास्पद भएको जानकारी राष्ट्र बैंकसम्म पुगेपछि ग्लोबल आइएमई बैंकभित्र केहि न केहि समस्या छ भन्ने आंकलन गरिएको थियो । तर बैंकभित्र सार्है ठुलो मनपरी भएको पाइएको छ ।
‘बाहिर एकदम राम्रो भनिएको बैंकमा साथीहरुले कुन हदसम्मको बदमासी गरेका रहेछन् भन्ने बल्ल थाहा हुँदैछ ।’ ग्लोबल आइएमई बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘बैंकभित्र ठुला ऋणहरु यसरी बिग्रिएका रहेछन्, कि के भन्ने ? सबै बिजोग रहेछ । ३ अर्व प्रोभिजनिङ गर्नुपर्ने भन्ने कुरा सानो कुरा हुँदै होइन । यसले बैंकको स्थिति त देखाएको छ नै, अर्कोतर्फ बाहिर राम्रो भनिएको बैंक भित्रभित्रै कसरी खोक्रो हुँदैरहेछ भन्ने तथ्य पनि प्रमाणित भएको छ ।’
आफ्नालाई पोसेर बैंक सोस्ने काम यसरीसमेत हुँदो रहेछ
बैंकले यतिसम्म मनपरी गरेको पाइएको छ कि, आफ्ना नजिकका भएका नाममा ब्याज नै नतिर्ने कतिपय ऋणीहरुलाई पनि बैंकले असल ऋणीका रुपमा राखेको छ । ‘३ महिना भन्दा बढी भाखा नाघेका ऋणीलाई पनि असल कर्जा भनेर राखिएको भन्ने भित्रभित्र हामीलाई त थाहा थियो । तर यसरी भाखा नै नाघेका ऋणीहरुको संख्या यति ठुलो छ भन्नेचाहिं थाहा थिएन। ‘ बैंकका एक उच्च अधिकारी भन्छन्, ‘बैंकभित्रको यो मनपरीका कारण बैंक जुनसुकै बेला जस्तो स्थितिमा पनि पुग्न सक्ने भयो । यसतर्फ सबैजना सचेत हुन जरुरी छ। ‘
यस विषयमा बुझ्न बैंकका सूचना अधिकारीलाई सम्पर्क गर्न खोज्दा भने उनी सम्पर्कमा आएनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्