×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Ground Zero : सेयर लगानीकर्ताको आन्दोलनमा ‘भीआईपी घुसपैठ’, कसले कसलाई किन गर्दैछ ‘सुराकी’ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार

PRIME CA
laxmi sunrise bank

Ground Zero : सेयर लगानीकर्ताको आन्दोलनमा ‘भीआईपी घुसपैठ’, कसले कसलाई किन गर्दैछ ‘सुराकी’ ?

काठमाडौँ । बिगत ९ दिनदेखि सेयर लगानीकर्ता तिलक कोइराला आमरण अनशनमा बसेका छन् । आन्दोलनमा लगानीकर्ताको सहभागीता पछिल्लो दिनमा कम भएपनि अघिल्ला दिनहरुमा उत्साहजनक थियो । यतिसम्म कि एक दिन त लगानीकर्ताको अहिलेसम्मकै ठुलो र्यालीसमेत निकालियो । विस्तारै सेयर लगानीकर्ताहरुको उपस्थिति धितोपत्र बोर्ड परिसरमा कम हुँदै गयो । स्थिति यस्तोसम्म आयो कि अनशनमा बसेका कोइरालाले सामाजिक संजालमार्फत सरकारले आफुलाई अनशनमै मार्न खोज्दा पनि लगानीकर्ताहरु भने घरमै बसिरहेको आशयको अभिव्यक्ति दिए । बजारको निरन्तर ओरालो यात्रा, आन्दोलनको १ हप्ताभन्दा बढी समयमात्र होइन आन्दोलनमा घुसेका केहि अज्ञात व्यक्तिहरुका कारण पनि आन्दोलनमा लगानीकर्ताहरुको सहभागीता निकै कम हुँदै गएको छ ।
कसले कसलाई किन गर्दैछ ‘सुराकी’ ?
आन्दोलनमा हरेक दिनजसो फरक फरक त्यस्ता ‘भीआईपी’हरु देखा पर्छन्, जो त्यहाँ आन्दोलन गर्न होइन, आन्दोलनको स्थिति बुझ्न आएका छन् । यसरी आन्दोलनमा आउनेहरुले लगानीकर्ताको विभिन्न समूहमा जाने, ठुला ठुला कुरा गर्ने र अन्त्यमा यो अनशनको काम छैन भनेर कन्भिन्स गर्दै घर फर्कने गरिरहेका छन् । ती व्यक्तिहरुले कसलाई किन र कुन उद्देश्यले रिपोर्ट दिईरहेका छन् भन्ने यकिन हुन नसकेपनि कुनै राजनीतिक व्यक्तिले तिनलाई परिचालन गरिरहेको उनीहरुको हाउभाउबाट स्पष्ट बुझ्न सकिन्छ । हरेक दिनजसो नयाँ अनुहारका रुपमा देखिने यस्ता पात्रहरुमध्ये कोहि महंगा गाडीमा आएका छन् भने कोहि साइडमा गाडी रोकेर हिड्दै अनशनस्थल पुगेका छन् । बिगतमा दरबारले यस्ता व्यक्ति जनआन्दोलनमा खटाउनेगरेको चर्चा हुन्थ्यो । अहिले लगानीकर्ताको आन्दोलन गिजोल्न यस्ता केहि पात्रहरु निरन्तर देखा परिरहेका छन् ।
पत्रकारलाई घुमाउरो पाराले धम्की, लगानीकर्तालाई नकारात्मक तरिकाले कन्भिन्स गर्ने ती को हुन् ?
‘म पनि पत्रकार नै हो । यस्तो आन्दोलनको भर हुँदैन । कसको के स्वार्थ्य हुन्छ, तपाईं हामी किन गोटी बन्ने ?’ आन्दोलनबारे बुझ्न आएका ‘फेक लगानीकर्ता’ले रिपोर्टिङका लागि पुगेकी एक महिला पत्रकारलाई अनशनको सातौँ दिन कन्भिन्स गराउँदै थिए । आफु पनि पत्रकार भएको र यस्ता आन्दोलनको समाचार बनाउँदा होस् पुर्याउनुपर्ने बताईरहने ती व्यक्ति न अन्य कुनै कार्यक्रममा भेटिन्थे, न उनी कुन मिडियामा कार्यरत छन् भन्न नै तयार छन् । महँगो बाइक अलि वारे राखेर अनशनस्थलतर्फ पुगेका उनले पत्रकारहरुलाई यसरी बिच्काउँदैमात्र थिएनन् बरु लगानीकर्ताका समूहमा गएर अहिलेका अर्थमन्त्री ठिक भएको बरु गभर्नर गलत भएको पैरवी गरिरहेका थिए ।
यस्ता पात्रहरु कसले खटाउउँछ भन्ने यकिन नभएपनि उनीहरु राजनीतिक दलका कुनै नेताले खटाएको व्यक्ति हुनसक्ने अनुमान सजिलै गर्न सकिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: