×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनशनमा बसेका तिलक कोइराला अस्पताल भर्ना, ‘तिलकजीलाई केही भयो भने हामी कसैलाई बाँकी राख्दैनौं’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अनशनमा बसेका तिलक कोइराला अस्पताल भर्ना, ‘तिलकजीलाई केही भयो भने हामी कसैलाई बाँकी राख्दैनौं’

Artha Sarokar

७ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सेयर बजार सुधारको माग गर्दै अनशनमा बसेका तिलक कोइरालालाई अस्पताल भर्ना गरिएको छ । कोइरालाको स्वास्थ्यमा निक्कै गम्भीर समस्या देखिएकोले पाटन अस्पताल एमर्जेन्सिमा भर्ना गरिएको हो । उनको उपचार सुरु भईसकेको एक लगानीकर्ताले बताएका छन् । यस्तै तिलक कोइरालालाई केही भयो भने लगानिकर्ताले काहीँ केही र कसैलाई बाँकी नराख्ने पनि बताएका छन् ।

एक लगानीकर्ताले भने, ‘अनसन बसेका तिलक कोइरालाको स्थिति गम्भीर अवस्थामा हस्पिटलमा उपचारको लागि लगिएको छ । आजको आन्दोलन निर्णायक हुने भएकाले आजको सफलताको लागि सम्पुर्ण लगानिकर्ताहरु सेबन खुमलटारमा अनिवार्य उपस्तिथि हुन एक लगानीकर्ताले अनुरोध समेत गरेका छन् । सुरक्षाकर्मिहरुको बाक्लो व्यवस्थापन गरि सेबनका हाकिम चुप लागेर बस्ने हामी लगानीकर्ता कर तिरि रहेका छौ । अब यो सहन हुदैन तसर्थ हामि सबै एक हौ। तिलक कोइरालाको स्वास्थ्यमा गम्भीर समस्या देखिएकोले पाटन अस्पताल एमर्जेन्सिमा भर्ना गरिएको छ । उहाँको उपचार सुरु भएको छ । हामी अपराधिक मनस्थिती भएका नियामक तथा सकारलाइ खबरदारी गर्न चाहन्छौ । यदि तिलकजीलाई केही भयो भने ५० लाख लगानिकर्ताले काहीँ केही र कसैलाई बाँकी राख्ने छैनन्  ।’

लगानीकर्ता तिलक कोइराला पुँजी बजारको सुधार र विकासको माग राख्दै गत असार १ गतेदेखि आरण अनसन बसेका हुन् । सरकारले साढे ३ वर्ष अघि नै गर्छु भनेका कामहरु पूरा नगर्दा अहिले पुँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुँदे मागसहित लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी