×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लास्ट रिमाइन्डर : दोर्दी खोला जलविद्युतको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

PRIME CA

लास्ट रिमाइन्डर : दोर्दी खोला जलविद्युतको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

३१ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । दोर्दी खोला जलविद्युतको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीको २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आइपीओमा आवेदन दिने आज जेठ ३१ गते मंगलबार अन्तिम दिन रहेको हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीको आइपीओमा जेठ ३० गते साँझ ५.३४ बजेसम्ममा ११ लाख १४ हजार ८०६ जनाले १ करोड २९ लाख ३२ हजार ६७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ६.४० गुणा बढी आवेदन हो ।

जलविद्युतले जेठ २६ गते बिहीबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर गरेको छ । जसमध्यो १ लाख ९ हजार ७७५ कित्ता सामुहीक लगानी कोष र ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी २० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर एनपी आइआर डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: