×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइएमइ लाईफ र रिलायबल नेपाल लाईफ मर्जरमा जाने, ‘सीइओ को बन्ने भन्ने निर्णय गर्ने जिम्मा आइएमई ग्रुपको !’

काठमाडौँ । आइएमई लाइफ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले एक आपसमा गाभिनेगरी छलफललाई तिब्र बनाएका छन् । बीमा समितिको निर्देशनपछी पूँजी बढाउनुपर्ने बाध्यताका बीच अहिले विभिन्न जीवन बीमा कम्पनीहरु मर्जरका लागि छलफलमा रहेका बेला आइएमई र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स पनि मर्जरका लागि घनिभूत छलफलमा रहेको पाइएको हो । अर्थ सरोकारलाई आइएमई लाईफ इन्स्योरेन्सका एक संचालकले दिएको जानकारी अनुसार दुवै इन्स्योरेन्समा आइएमई ग्रुपको लगानी भएको र बीमा समितिले पनि ‘क्रसहोल्डीङ’ भएका बीमा कम्पनीलाई मर्जरमा जान दबाब दिएका कारण आइएमई लाइफ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच मर्जरमा जाने विषयमा गम्भीर छलफल भएको हो ।
छलफलका क्रममा सुरुमा मर्जरको सम्झौता गर्ने र स्वाप रेसियो लगायतका कुराहरु भने डीडीएको प्रतिवेदन आएपछि फाइनल गर्ने विषयमा मोटामोटी सम्झौता भएको छ । यद्यपी दुवै कम्पनी बिजनेशका हिसाबले खासै ‘गतिला’ कम्पनी नभएकाले दुवै कम्पनी १:१ रेसियोमा मर्जरमा जान सक्ने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका एक संचालकले बताएका छन् । उनका अनुसार मर्जरपछिको कम्पनीमा अध्यक्ष को हुने, सीइओ को बन्ने भन्ने विषय ठुलो नभएकाले अव मर्जरको निर्णय गरेर असार मसान्तभित्र नै सम्झौतागर्नेगरी छलफल अगाडी बढेको छ ।
‘दुवै कम्पनीको मर्जरपछी को सीइओ बन्ने वा को अध्यक्ष रहने भन्ने विषय हाम्रो केसमा आइएमई ग्रुपले निर्णय गर्ने हुनाले खासै ठुलो छलफल त्यसमा आवश्यक रहेन । मर्जरमा जाने भन्ने मोटामोटी सहमति भएपछि बाँकी कुरा आफैं मिल्दै जान्छ ।’ आइएमई लाइफका एक संचालकले अर्थ सरोकारसँग भने- ‘हाम्रो मर्जर रहर कम, र बाध्यता बढी हो । बीमा समितिलेसमेत मर्जर गर्नु नै भन्ने आशयको पत्र काटेका हुनाले अव ढिलो गर्नु खासै ठिक नहुन सक्छ भनेर हामी केहि दिनमै औपचारिक निर्णय लिंदैछौं।’
अरु कुन कुन कम्पनी को-सँग मर्ज हुँदैछन् ?
अर्थ सरोकारलाई विभिन्न कम्पनीका संचालकहरुले दिएको जानकारी अनुसार आइएमई र रिलायबल नेपाल लाइफका अलावा सन नेपाल  लाईफ र रिलायन्स लाईफ पनि मर्जरमा जाने विषयमा छलफलमा छन् । यी दुवै कम्पनीका अध्यक्ष वीरगन्जका व्यापारी भएका कारण मर्जरमा जानु नै पर्ने अवस्थामा यी दुई कम्पनी जाने कुरा छ । यस्तै सिटिजन्स लाईफ इन्स्योरेन्स र सानिमालाइफ इन्स्योरेन्सबीच पनि मर्जरका लागि घनिभूत  छलफल भईरहेको बुझिएको छ ।  सिटिजन्स लाइफका सीइओले सानिमा लाइफका प्रतिनिधिलाई भेटेको तस्विर सामाजिक संजालमा पोष्ट गर्नुले पनि यो कुरालाई थप पुष्टी गरेको जानकारहरुको ठम्याई छ ।

कुन-कुन कम्पनी मर्जरमा जाँदैनन् ? सम्झाता भएका कम्पनीहरुको प्रगति विवरण के छ ?
यता एशियन लाईफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ, मेटलाईफ इन्स्योरेन्स, राष्ट्रिय बीमा संस्थान र एलआइसी नेपाल भने मर्जरमा नजाने पक्कापक्की भएको छ । एशियन लाईफ इन्स्योरेन्स र नेशनल लाईफ इन्स्योरेन्स पूँजी पुर्याउन सक्ने क्षमता भएका कारण मर्जरमा नजाने भएका हुन् ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी भने बीमा समतिको नयाँ प्रावधान अनुसार पूँजी पुगिसकेकाले मर्जरमा नजाने भएको हो । यता मेटलाइफ इन्स्योरेन्स अमेरिकन कम्पनीको साखा कम्पनी भएकाले मर्जरमा नजाने भएको छ भने एलआईसीएन भारतीय कम्पनीको लगानी भएको भएको भएकाले मर्जरमा नजाने भएको हो । मर्जरमा नजाने भएपछि एलआइसीएनको सेयरमा लगानीकर्ताहरु केहि दिन यता झुम्मिरहेका छन् । यस्तै राष्ट्रिय बीमा संस्थान पनि सरकारी कम्पनी भएकाले मर्जरमा नजाने भएको छ ।
बीमा समितिको चर्को दबाबका बीच कतिपय बीमा कम्पनीहरुले मर्जरको सम्झौता गरिसकेका छन् भने कतिपय कम्पनीहरुले डिडिए समेत गरिसकेका छन् । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, र युनियन लाइफ इन्स्योरेन्सको डीडीए रिपोर्ट तयार भईसकेको छ भने ज्योति लाइफ इन्स्योरेन्स र सुर्यालाईफ इन्स्योरेन्सले मर्जरमा जाने सम्झौता गरेर डीडीए प्रक्रिया अगाडी बढाईरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: