×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसा तयार गर्नुहोस् है ! आदर्श लघुवित्त वित्तीय संस्थाको आइपीओ आउँदै, तपाईंहरुको पायक पर्ने ठाउँ कता ?

PRIME CA

पैसा तयार गर्नुहोस् है ! आदर्श लघुवित्त वित्तीय संस्थाको आइपीओ आउँदै, तपाईंहरुको पायक पर्ने ठाउँ कता ?

२३ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ बिक्री गर्ने भएको हो ।कम्पनीको उक्त आइपीओमा असार १ गतेदेखि आवेदन दिन सक्ने भएको छन् ।

लघुवित्तले निष्कासन गर्न लागेको कुल ६७ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ६२ हजार ६१५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

सो आइपीओमा छिटोमा असार ६ गते र ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने भएका छन् । कम्पनीेको आइपीओ बिक्री प्रवन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्ने भएका छन् ।

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयर एनपी सिंगल बि प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्दछ। हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: