×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोर्दी खोला जलविद्युतले २१ लाख ९५ हजार ५०९ कित्ता आइपीओ निष्कासन गर्ने, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

PRIME CA

दोर्दी खोला जलविद्युतले २१ लाख ९५ हजार ५०९ कित्ता आइपीओ निष्कासन गर्ने, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

२५ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । दोर्दी खोला जलविद्युतले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि जेठ २६ गते बिहीबारदेखि आइपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो मध्ये ५५ अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सामूहिक लगानी कोष र ३५ अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा जेठ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर एनपी आइआर डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: