काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले असार १ गते बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । लगानीकर्ताहरुले कम्पनीको उक्त आइपीओमा प्रतिकित्ता १०० अंकित मूल्यका दरले आवेदन दिन सक्ने भएका छन् । कम्पनीको उक्त आइपीओ ३ हजार ३५० कित्ता सामुहीक लगानी कोष र १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी ६२ हजार ६१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन् । यसमा असार ६ गतेसम्म आवेदन दिन सकिने भएको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार १५ गतेसम्म आवेदन दिन सक्ने भएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आइपीओलाई ‘कियर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कम्पनीको बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्