×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झापाका सेयर लगानीकर्ताहरु पनि उत्रिए आन्दोलनमा, ५ बुँदे मागसहित प्रधानमन्त्री र अध्यक्ष ओलीलाई ज्ञापनपत्र

PRIME CA
GLOBAL IME BANK

झापाका सेयर लगानीकर्ताहरु पनि उत्रिए आन्दोलनमा, ५ बुँदे मागसहित प्रधानमन्त्री र अध्यक्ष ओलीलाई ज्ञापनपत्र

२९ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

झापा । झापाका सेयर लगानीकर्ताहरु पनि आन्दोलनमा उत्रिएका छन् । राजधानीमा भइरहेको सेयर लगानीकर्ताहरुको आन्दोलनलाई समर्थन गर्दै झापाका लगानीकर्ताहरु पनि आन्दोलनमा उत्रिएका हुन् ।संघका जिल्ला नेतृत्वसहितको लगानीकर्ताहरुको टोलीले सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मामार्फत् प्रधानमन्त्री देउवालाई र नेकपा एमालेका केन्द्रिय सचिव योगेश भट्टराईमार्फत एमाले अध्यक्ष ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।

केन्द्रीय स्तरमा भइरहेको लगानीकर्ता संघ संगठनहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै बिभिन्न ५ बुँदे मागहरु प्रधानमन्त्री देउवा र एमाले अध्यक्षसमक्ष राखेको छ । संघले राष्ट्र बैंकद्धारा सेयर कर्जामा लगाइएको ४/१२ करोडको सिमा हटाउन, सेयर कर्जाको जोखिम भार १५० बाट १०० कायम गर्न, बैंक बित्तिय संस्थालाई सेयर कारोवारमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न, बैंकलाई ब्रोकर लाइसेन्स र ब्रोकरलाई शाखा खोल्न अनुमति दिन र काठमाडौंमा आन्दोलनरत पुँजीबजार लगानीकर्ता संघ संगठनका नेतृत्वसंग बार्ता र सम्बादका माध्यमबाट समस्याको समाधान गर्न माग गरेको छ ।

जिल्लाका लगानीकर्ताहरुले झापा निबासी कांग्रेस महामन्त्री शर्मालाई शनिबार मेचीनगरस्थित धुलाबारीमा भेटेर ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपनत्रमा प्रधानमन्त्री देउवालाई अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई एकै ठाउँमा राखेर सेयर बजारको समस्या तत्काल समाधान गरिदिन आग्रह गरिएको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: