चितवन । कृषि बिकास बैंक लिमिटेडका पूर्व कर्मचारीको शब नारायणी नदीमा फेला परेको छ । शनिबार विहान करिव ९ः०० बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणी नदीले बगाएर ल्याएको अवस्थामा उनको शब फेला परेको हो । यता कृषि बिकास बैंकका कर्मचारीहरुले भने आफ्ना पूर्व कर्मचारीको निधन भएको भन्दै यस विषयमा खोजिनिधी गरिरहेका छन् ।
नदीले कसैको शव बगाई ल्याएको भन्ने खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षक दिपक कसीसहितको कमाण्डमा खटिएको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
वडा प्रहरी कार्यालय नारायणगढका अनुसार यस विषयमा थप अनुसन्धान भईरहेको छ । ‘एक जनाको शब भेटिएको हो । थप विवरण संकलन भईरहेको छैन । अनुसन्धान जारी छ ।’ प्रहरी कार्यालयका अधिकारीले अर्थ सरोकारसँग भने-‘घटनाका विषयमा दिपक केसीजीको कमाण्डमा खटिएको टोलीले अनुसन्धान गरिरहेको छ ।’
कृषि बिकास बैंक लिमिटेडका सूचना अधिकारी हिमलाल पौडेलले पनि मृत भेटिएका उपाध्याय थरका ती व्यक्ति आफ्ना पूर्व कर्मचारी रहेको पुष्टी गरे । ‘उहाँ हाम्रो पूर्व कर्मचारी हो । रिटायर्ड भएको धेरै भईसक्यो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने- ‘हामी पनि थप जानकारी लिंदैछौं ।’
बुटवल घर भएका ती कर्मचारी कहाँ पुगेका थिए र कसरी नदीले बगायो भन्ने विषयमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्