काठमाडौँ । कुमारी बैंक लिमिटेडले १० (दस) वर्षे अवधि तथा वार्षिक ११% व्याजदर भएको “केविएल डिवेन्चर २०८९” ऋणपत्र विक्रिका लागी सिद्धार्थ क्यापिटल लिमिटेडसंग सम्झौता गरेको छ ।
बिक्री प्रबन्धक (Issue Manager) मा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको उक्त डिवेन्चर (ऋणपत्र) प्रति कित्ता अंकित मूल्य रु १००० को दरले ३०,००,००० (तीस लाख) कित्ता गरी रु ३,००,००,००,००० (तीन अर्ब) बराबरको ऋणपत्र बैंकले निष्काशन गर्ने सम्बन्धमा सम्झौता भएको हो । सो सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख बजार व्यवस्थापन नवीन मुनि बज्राचार्य र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख संचालन अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका थिए । नेपाली वित्तिय क्षेत्रमा हाल सम्मकै उच्चतम व्याजदर दिने मध्येमा सो ऋणपत्र पर्दछ । वर्तमान वित्तिय बजारमा उच्चतम प्रतिफल सहितको यस ऋणपत्र बाट खरिदकर्ताहरुले आगामी दशककै राम्रो प्रतिफल प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४२ शाखारहित बैंकिङ ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्