काठमाडौं । लघुवित्त बैंकर्स संघले लघुवित्तहरुले नेपालको वित्तीय क्षेत्रमा पुर्याएको योगदानलाई नै धक्का पुग्नेगरि गरिएको प्रचारबाजीबारे विज्ञप्ती निकालेको छ । लघुवित्त संस्थाहरुको भूमिका र योगदानलाई नजर अन्दाज गर्दै यस क्षेत्रको बद्नाम गर्ने उदेश्यप्रति आफुहरुको ध्यानाकर्षण भएको नेपाल लघुवित्त बैंकर्स संघले जनाएको छ ।
विभिन्न माध्यममार्फत गरिएको प्रचारबाजी झुठा भएको भन्दै संघले समग्र लघुवित्त वित्तीय संस्थाहरुलाई लगाईएका सम्पूर्ण आरोपहरुप्रति संघले खेद प्रकट गरेको छ । उक्त सम्पूर्ण आरोपहरुको सत्यतथ्य पत्ता लगाउन सरोकारवाला निकायहरुसँग जोडदार माग संघले गरेको छ ।
लाखौ विपन्न परिवारहरुलाई सरल र सहज तरिकाले घर दैलोमै सेवा प्रदान गर्दै महत्वपुर्ण योगदान पुर्याइरहेको बताउदै संघले लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नामको अवैधानिक संगठनको आडमा केही व्यक्तिहरुले आफ्ना ग्राहकहरुलाई उक्त समितिको सदस्यता प्रदान गर्ने भनी अवैधानिक तवरले रकम असुल गरेको संघको आरोप छ ।
ग्राहक र संस्थाकोबीचमा सुमुधर सम्बन्ध कायम गरी ग्राहक संरक्षणको आधारलाई मुख्य प्राथमिकतामा राखी सेवा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाहरु सदैव दृढ रहेको कुरा सम्पूर्ण सरोकारवाला निकायहरु तथा ग्राहकहरुलाई संघले जानकारी गराएको छ । साथै यस्ता किसिमका आरोपहरुवाट कत्ति पनि विचलित नभई आगामी दिनमा पनि निरन्तर रुपमा ग्राहक सदस्यहरुलाई अझ उत्कृष्ट सेवा उपलब्ध गराउने कुराको प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्