काठमाडौं। कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक सेयर लिलामी आवेदन दिने आज शुक्रबार (जेठ २७) गते अन्तिम दिन रहेको छ । बैंकले जेठ १३ गतेदेखि कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामी खुला गरेको थियो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन पाइने भएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ र सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।