×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एशियन लाईफ र नेशनल लाईफ इन्स्योरेन्ससहित ६ जीवन बीमा कम्पनी मर्जरमा नजाने, यस्ता छन् आ-आफ्नै कारण !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ असार २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

एशियन लाईफ र नेशनल लाईफ इन्स्योरेन्ससहित ६ जीवन बीमा कम्पनी मर्जरमा नजाने, यस्ता छन् आ-आफ्नै कारण !

काठमाडौँ । काठमाडौँमा अहिले तीन चीजको सिजन छ । एउटा धान रोप्ने, अर्को बैंकहरुको मर्जर र अर्को बीमाको मर्जर । बीमा समितिको चर्को दबाब र पूँजी बढाउनु नै पर्ने दबाबका बीच यतिबेला विभिन्न कम्पनीहरु मर्जरको तयारीमा छन् । केहिले मर्जरको सम्झौता पनि गरिसकेका छन् । प्राइम लाइफ, युनियन लाइफ, र गुराँस लाइफबीच मर्जरको सम्झौता सम्पन्न भईसकेको छ भने सूर्यालाइफ र ज्योति लाइफबीच पनि मर्जरको सम्झौता सम्पन्न भईसकेको छ ।
यसैबीच प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जर सम्झौताको अन्तिम तयारीमा छन् भने, सन् नेपाल र रिलायन्स लाइफ, सिटिजन्स लाइफ र सानिमा लाइफ, आइएमइ लाइफ र रिलायबल नेपाल लाइफ लगायतका कम्पनीहरु एक आपसमा मर्जरमा जाने लगभग पक्कापक्की तहमा पुगिसकेका छन् । कतिपय कम्पनीका कुरा मिल्ने र कतिपय कम्पनीमा ‘क्रस होल्डिङ’ भएकाले पनि मर्जरका लागि कम्पनीहरु तातेका छन् । तर यहि बीच केहि कम्पनीहरु भने मर्जरमा नजाने वा जान नसकिने भन्दै चुप लागेर बसेका छन् ।
कुन कुन कम्पनी मर्जरमा जाँदैनन् ? किन जाँदैनन् ?
अर्थ सरोकारलाई विभिन्न कम्पनीका संचालक समितिका सदस्यहरुले दिएको जानकारी अनुसार एशियन लाइफ र नेशनल लाइफ इन्स्योरेन्स मर्जरमा नजाने भनेर बसेका छन् । उनीहरु आफ्नै हिसावले पूँजी पुर्याउन सक्ने क्षमता भएको भन्दै मर्जरको विकल्पमा नजाने अडान लिएर बसेका छन् । नेपाल लाइफ इन्स्योरेन्सको पूँजी पुगिसकेकाले उसलाई मर्जरमा जाने कुनै बाध्यता छैन । मेट लाइफ इन्स्योरेन्स अमेरिकी कम्पनीको शाखा कम्पनी भएकाले सो कम्पनी मर्जरमा जान तयार छैन भने एलआइसी नेपाल भारतीय कम्पनीको लगानी भएको कम्पनी भएकाले उ अरु कम्पनीसँग मर्जरमा जान तयार छैन । राष्ट्रिय बीमा संस्थान सरकारी कम्पनी भएकाले मर्जरमा नजाने भन्दै बसेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: