काठमाडौँ । लामो समयको उदेकलाग्दो घटाईपछि आइतबार सेयर बजार मापक नेप्से परिसूचक भारी अंकले वृद्धि भएको छ । यो बढोत्तरीले धेरैलाई बजार बढ्ने क्रम सुरु भएको संकेत हो कि भन्ने भान परेको छ भने कतिपयले धेरै बजार घटेपछि एक बढोत्तरीका रुपमा लिएका छन् ।
यता सेयर बजारका जानकार मुक्ति अर्यालले भने आइतबारजस्तै सोमबार पनि बजार बढ्यो भने बजारले एउटा लय समात्ने सम्भावना ठुलो रहेको दाबी गरेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले नेपाल धितोपत्र बोर्डसँग लगानीकर्ताले गरेको सम्झौता, धेरै बजार घटेकाले सकारात्मक न्युज पर्खेर बसेका लगानीकर्ताको मनोबल, लगायतका विषयका कारण बजार बढेको हुनसक्ने बताएका छन् ।
‘ लनीकर्ताहरुले धितोपत्र बोर्डसँग गरेको सम्झौताका कारण बजारमा पोजेटिभ सेन्टिमेन्ट जन्मियो । लगातार घटेको बजारका कारण लगानीकर्ता केहि राम्रो समाचारको पर्खाईमा थिए । धेरै घटेको बजारमा किन्न उत्क्सुक भएका लगानीकर्ताको उत्सुकता पोखिंदा अन्तत: आइतबार भारी अंकले बजार बढ्यो । धितो पत्रबोर्डसँग भएको लगानीकर्ताको सम्झौताले नै लगानीकर्ताको आत्माबल बढेर जाँदा बजार माथि उक्लियो ।’ उनले भने ।
उनका अनुसार आइतबारको जस्तै सेन्टिमेन्ट सोमबार पनि बजारमा बलियो देखियो भने बजारले गति लिन सक्ने स्थिति छ । ‘आइतबारजस्तै सोमबार पनि बजार माथि नै गयो भने, मान्नुस् ! बजारले गति लियो। ‘ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भनेका छन्- ‘ अहिले नै बजारको स्थिति यस्तो हुन्छ भन्न सकिदैन तर यो सेन्टिमेन्ट रहिरह्यो र सोमबार पनि बजार बढ्यो भनि बजारले राम्रो बाटो लिने छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्