×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न नबिल बैंकले अन्तिम स्वीकृति पायो, असारभित्र एकीकृत कारोबार हुने !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ असार २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न नबिल बैंकले अन्तिम स्वीकृति पायो, असारभित्र एकीकृत कारोबार हुने !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैंक (एनबी) बैंकलाई प्राप्ति गर्न नबिल बैंकलाई अन्तिम स्वीकृति दिएको छ । विदेशमा रहेका गभर्नर महाप्रसाद अधिकारी नेपाल फर्केको भोलिपल्टै विहान बसेको संचालक समितिको बैठकले यस्तो स्वीकृति दिएको हो । ‘नबिललाई एनबी गाभ्न फाइनल अप्रुभल दियौँ। ‘ राष्ट्र बैंकका एक संचालकले अन्तिम स्वीकृति दिएको पुष्टी गर्दै भने ।
सो स्वीकृतिको पत्र आज नै नबिल बैंक र नेपाल बंगलादेश बैंकमा पठाईसकिएको छ । अव नबिल बैंक र नेपाल बंगालादेश बैंकबीच प्राप्ति प्रक्रिया सकेर असार २९ गते एकिकृत कारोबार सुरु हुनेछ ।  राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि अव नबिल र एनबी कम्पनी रजिस्ट्रारको कार्यालयमा अनुमतिका लागि पुग्नेछन् ।

नबिल बैंकले एनबीलाई गाभेपछि नबिल बैंकको सीइओमा ज्ञानेन्द्र ढुंगाना रहनेछन् । उनी नेपाल बंगलादेश बैंकका पूर्व सीइओ हुन् । एनबीलाई गाभेपछि नबिल बैंकको बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ भने सो प्राप्तिपछि नबिल बैंकको कुल शाखाको संख्या २३४ वटा पुग्नेछ ।

कर्मचारीको आन्दोलनको विषयलाई लिएर राष्ट्र बैंकले तत्कालका लागि स्वीकृति रोकेको थियो । अन्तत: दुबै बैंकको कर्मचारी युनियनको आन्दोलन तुहिसकिएको निष्कर्ष दुवै बैंकले दिएपछि राष्ट्र बैंकले नबिललाई एनबी गाभ्न अन्तिम स्वीकृति दिएको हो।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: