काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैंक (एनबी) बैंकलाई प्राप्ति गर्न नबिल बैंकलाई अन्तिम स्वीकृति दिएको छ । विदेशमा रहेका गभर्नर महाप्रसाद अधिकारी नेपाल फर्केको भोलिपल्टै विहान बसेको संचालक समितिको बैठकले यस्तो स्वीकृति दिएको हो । ‘नबिललाई एनबी गाभ्न फाइनल अप्रुभल दियौँ। ‘ राष्ट्र बैंकका एक संचालकले अन्तिम स्वीकृति दिएको पुष्टी गर्दै भने ।
सो स्वीकृतिको पत्र आज नै नबिल बैंक र नेपाल बंगलादेश बैंकमा पठाईसकिएको छ । अव नबिल बैंक र नेपाल बंगालादेश बैंकबीच प्राप्ति प्रक्रिया सकेर असार २९ गते एकिकृत कारोबार सुरु हुनेछ । राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि अव नबिल र एनबी कम्पनी रजिस्ट्रारको कार्यालयमा अनुमतिका लागि पुग्नेछन् ।
नबिल बैंकले एनबीलाई गाभेपछि नबिल बैंकको सीइओमा ज्ञानेन्द्र ढुंगाना रहनेछन् । उनी नेपाल बंगलादेश बैंकका पूर्व सीइओ हुन् । एनबीलाई गाभेपछि नबिल बैंकको बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ भने सो प्राप्तिपछि नबिल बैंकको कुल शाखाको संख्या २३४ वटा पुग्नेछ ।
कर्मचारीको आन्दोलनको विषयलाई लिएर राष्ट्र बैंकले तत्कालका लागि स्वीकृति रोकेको थियो । अन्तत: दुबै बैंकको कर्मचारी युनियनको आन्दोलन तुहिसकिएको निष्कर्ष दुवै बैंकले दिएपछि राष्ट्र बैंकले नबिललाई एनबी गाभ्न अन्तिम स्वीकृति दिएको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्