काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको नाडा अटो शो भदौमा हुने भएको छ । यसअघि दुई वर्षसम्म कोभिड १९ को संक्रमणको कारण गर्न नसकिएको अटो शो यो वर्ष भदौ ७ गतेदेखि हुने भएको हो । नाडाले भदौ ७ गतेदेखि १२ गतेसम्म गरी पाँच दिन अटो शो भृकुटीमण्डपमा गर्ने भएको हो ।
सवारी साधनका विभिन्न मोडल, स्पेयर पार्टस् सहितको अटो शोको १५औं संस्करणका लागि जेठ २६ देखि ३० गतेसम्म स्टल बुकिङ रजिष्ट्रेशन खुलाइने भएको छ । सिमित स्थान भएको र प्रदर्शनी सम्बन्धी गरिएको सर्वेक्षणमा अत्याधिक माग देखिएकोले यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने भएको छ ।
प्रदर्शनीमा २ पाङग्रे, ४ पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् तथा ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने नाडाले जनाएको छ । विगतका केही वर्षहरुमा कमर्शियल भेहिकल नराखिएको र धेरै अबलोकनकर्ताको चासो रहेको कारण यसपटक कमर्शियललाई पनि स्टल बुकिङ खुल्ला गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्