×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणी डेभलपमेन्ट बैंकको विशेष सभाअसार ८ गते हुने, १०० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पेस गरिने !

PRIME CA
GLOBAL IME BANK

नारायणी डेभलपमेन्ट बैंकको विशेष सभाअसार ८ गते हुने, १०० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पेस गरिने !

२४ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको विशेष सभा हुने भएको छ । बैंकको असार ८ गते विशेष साधारण सभा हुने भएको हो । उक्त सभा होटल पौवा (होटर स्टार चितवन) रत्ननगर टाँडीमा बिहान ११ बजे सुरु हुनेछ ।

बैंकले हाल कायम २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव सभामा पेश गर्ने भएको छ । सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

विशेष सभाका लागि जेठ ३० गते बुक क्लोज हुनेछ । तसर्थ जेठ २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र विशेष सभामा भाग लिन सक्ने भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: