×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

फलोअप : ‘अर्थ सरोकारलाई एनबि बैंकका गोप्य डकुमेन्ट कसले दियो ?’ भन्ने छानविनका लागि बैंकले बनायो समिति

BIZBAZAR
काठमाडौँ । नेपाल बंगलादेश बैंकमा गैरकानुनी रुपमा पूर्व सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले भत्ता बुझेको प्रमाणसहित अर्थ सरोकार डटकमले खबर सार्वजनिक गरेपछि बैंकभित्र सो गोप्य डकुमेन्ट अर्थ सरोकारलाई कसले दियो भन्नेबारे बुझ्न छानविन समिति नै गठन भएको छ । बैंकका तर्फबाट राजेन्द्र अधिकारीको संयोजकत्वमा विभिन्न विभागबाट प्रतिनिधि राखेर बैंकले सो विषयमा छानविन समिति बनाएको हो । ढुंगानाको खाता पैसा गएको प्रमाणस्वरुप अर्थ सरोकारले सो पैसा जम्मा भएको भौचर र बैंकको मेमो नै प्रकाशित गरेको थियो । बैंकमा ती डकुमेन्टहरु कुन कुन विभाग पुगे र कसरी मिडियासम्म पुग्यो भन्ने विषय छानविनका लागि समिति बनेको हो ।
‘यहाँ कसले सो फोटो खिच्यो र कसले अर्थ सरोकारमा पठायो भन्ने विषय बुझ्न छानविन समिति नै गठन भएको छ। ‘ स्रोतले भन्यो- ‘सो डकुमेन्ट ज्ञानेन्द्र ढुंगानालाई राष्ट्र बैंकले आफ्नो निर्देशिकाविपरित काम गरेको भन्दै कारवाही गर्न पर्याप्त डकुमेन्ट हो । नेपाल राष्ट्र बैंकले यस विषयमा खुट्टा कमाएन भने ढुंगानालाई कारवाही हुन्छ र उनी नबिल बैंकका सीइओ बन्न पाउँदैनन् । अहिले ढुंगानालाई छोड्ने हो भने अन्य सीइओलाई कारवाही गर्न भोलिका दिनमा राष्ट्र बैंकलाई नैतिक असर पर्छ । त्यसैले पनि कारवाही हुने सम्भावना बढेपछि र कारवाही भएको खण्डमा बैंकको सीइओ हुन नपाउने भएपछि अहिले बैंकभित्र कसले डकुमेन्ट मिडियासम्म पुर्याउँछ भन्ने विषयमा छानविन भईरहेको छ। ‘
‘बैंकको मेमो नै मिडियामा आउनु, यो भन्दा ठुलो रिस्क के भयो ? भन्दै बिहीबार हाकिमहरुले आफ्ना मातहतका कर्मचारीलाई थर्काउनसम्म थर्काए ।’ स्रोत भन्छ- ‘त्यसपछि अर्थ सरोकारका सम्पादक सुरज प्याकुरेललाई कसले चिन्छ भन्ने खोजी भयो । अन्तत: सो डकुमेन्ट कसले दियो भन्ने भेउ नपाएपछि छानविन समिति नै गठन भयो ।’
भएको के हो ?
अर्थ सरोकार डटकमलाई प्राप्त प्रमाणअनुसार नेपाल बंगलादेश बैंकका पूर्व सीइओ तथा नबिल बैंक लिमिटेडमा नियुक्त हुन लागेका सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले ‘कुलिङ पिरियड’ नसकी ‘एक्स्पर्ट’का रुपमा नेपाल बंगलादेश बैंकको बोर्ड बैठकमा गएर सोवापत भत्ता बुझेका हुन् । नेपाल बंगलादेश बैंकलाई नबिल बैंक लिमिटेडले प्राप्ति गर्ने प्रक्रियामा निकै सक्रिय भएर लागेका उनी बोर्ड बैठकमा ‘विज्ञ’का रुपमा जाने गरेका छन् । यसैबीच उनले एनबीको प्रधान कार्यालयमा १३ जनवरी २०२२ का दिन बसेको बैंकको ३८५ औं बैठकमा विज्ञको रुपमा सहभागी भई सो वापत ११९०० रुपैयाँ भत्ता बुझेको पाइएको छ ।
कुल १४००० रुपैयाँ भत्तामा करकट्टी गरी उनले ११९०० रुपैयाँ बैंक खातामार्फत लिएका छन् । अर्थ सरोकार डटकमलाई प्राप्त सो भुक्तानीको भौचर विवरण अनुसार उनले बैठक बसेको भोलिपल्टै अर्थात जनवरी १४ तारिखमा बैंकखाता मार्फत सो रकम भुक्तानी लिएका हुन् । १००० दरका ११ वटा ५ सय दरका एउटा र १०० दरका ४ वटा नोट गरी कुल ११९०० रुपैयाँ उनको खातामा बैंकका तर्फबाट निरज सागर पौडेलले जम्मा गरिदिएका छन् ।
 र सो भौचरमा समेत सो रकम विज्ञका रुपमा बोर्ड बैठकमा संग्लग्न भएवापतको रकम हो भन्ने स्पष्ट पारिएको छ । एक त कुलिङका क्रममा उनले कुनै पनि बैंक तथा वित्तीय संस्थामा कुनै पनि हैसियतमा काम गर्न पाउँदैनन् । तर उनी सक्रिय भएर नै बैंकमा विभिन्न खालका काम गर्दै आएका थिए । तर भत्ता बुझेको नै फेला परेपछि भने अव उनको यो काम कानुनी रुपमै गलत सावित भएको छ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal