काठमाडौं । एनसीसी बैंकले संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । मंगलबार (जेठ २४ गते) बाट ८ लाख ८० हजार कित्ता बराबरको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । उक्त संस्थापक सेयरमा बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्ने भएका छन् । यसमा न्यूनतम १४१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने भएको छ ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । असार ७ गतेसम्म आवेदन दिन मिल्ने छ भने बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन असार ८ गते दिउँसो १ बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्