×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकको २६ लाख ३४ हजार १३६ कित्ता सेयर लिलामी बिक्री खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

PRIME CA
GLOBAL IME BANK

एनसीसी बैंकको २६ लाख ३४ हजार १३६ कित्ता सेयर लिलामी बिक्री खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

१ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनसीसी बैंकले संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । बुधबार (असार १ गते) बाट २६ लाख ३४ हजार १३६ कित्ता बराबरको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । उक्त संस्थापक सेयरमा बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्ने भएका छन् । यसमा न्यूनतम १४२ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने भएको छ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । असार १५ गतेसम्म आवेदन दिन मिल्ने छ भने बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन असार १६ गते बिहान ११ सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: