काठमाडौँ । नेपाल राष्ट्र बैंकको चर्को दबाबका बीच यतिबेला ‘क’ बर्गका बाणिज्य बैंकहरु मर्जर तथा प्राप्तिमा कस्सिएर लागेका छन् । असारसम्ममा मर्जरमा नगए बैंकले पाउने विभिन्न सुविधाहरुसमेत कटौती हुने भएपछी यतिबेला विभिन्न बैंकहरु ‘जोडी’ खोजिरहेका छन् । अझ केहि समय अगाडी ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूबीच मर्जरको सहमति भएपछी त अन्य बैंकहरु थप तातेका छन् । बजारमा प्रभु, सेन्चुरी, सिभिल, माछापुच्छ्रे लगायतका बैंकहरु निरन्तर छलफलमा छन् भने एनसीसी, लक्ष्मी, सिद्धार्थलगायतका बैंकहरु जोडी खोजीरहेका छन् । यसैबीच बजारमा नबिल बैंकसँग नेपाल क्रेडिट एन्ड कमर्स बैंक पनि मर्ज हुने लागेको खबरले चर्चा पाएको छ । अझ चर्चा यतिसम्म छ कि- नबिल बैंक लिमिटेड र एनसीसीबीचको मर्जरको कुरा फाइनल भईसकेकोसमेत हल्ला छ बजारमा । चौतर्फी चर्चाका बीच हामीले यस विषयको गुदी कुरा के भन्ने विषय खोतल्ने प्रयास गरेका छौँ ।
बजारमा चर्चा भएजसरी नबिल र एनसीसी बैंक बीचको मर्जरले फाइनल रुप लिएको कुरा गलत भएको नबिल बैंकका अधिकारीहरु बताउँछन् । ‘धेरै पहिला कुरा भएको हो । त्यसपछि हामीले नेपाल बंगलादेश बैंकसँग प्राप्तिको सम्झौता गरिसकेपछि अहिले थप कुरा भएको छैन । अहिले ठ्याक्कै भन्दा हामी एनसीसी बैंकसँगको मर्जरको कुनै पनि तयारीमा छैनौं । बजारमा मर्जरसम्बन्धि यति धेरै संवेदनशील सुचनालाई यति हल्का रुपमा लिईनु दुर्भाग्यपूर्ण कुरा हो ।’ नबिल बैंक लिमिटेडका महाप्रबन्धक मनोज कुमार ज्ञवालीले अर्थ सरोकारसँग भने, ‘अहिले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने प्रक्रिया नै सक्नुछ ।’
‘भनेपछि नबिल र एनसीसी एक हुँदैनन्, होइन त ?’ हाम्रो प्रश्नमा ज्ञवालीले भने- ‘त्यसो पनि भन्नु हुँदैन । एनसीसी बैंकमात्र किन, जुनसुकै बैंकसँग पनि थप मर्जर वा प्राप्ति हुन सक्छ । तर अहिले एनसीसीसँग कुन हदसम्मको कुरा भएको भन्ने प्रश्नको जवाफचाहिं यति हो- ‘हाम्रो एनसीसी बैंकसँग मर्जरको कुरा अहिले अघि बढेको छैन र हामी नेपाल बंगलादेश बैंक र नबिलबीचकै प्राप्ति प्रक्रिया सक्न काम गरिरहेका छौं ।’ एनसीसीले नबिलको १०० बराबर ६० मागेको, नबिलले ४५ को प्रस्ताव गरेको र पछि नबिल ५ माथि बढेर ५० दिन सहमत भइसकेको चर्चाका बारे सोध्दा ज्ञवालीले सो चर्चामा कुनै पनि सत्यता नरहेको स्पष्ट पारे ।
यता एनसीसीका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानले मर्जर तथा प्राप्तिका विषयमा विभिन्न बैंकहरुसँग छलफल चलिरहेको तर कसैसँग पनि टुंगोमा नपुगेको बताएका छन् । ‘हाम्रो बैंकको नेटवर्थ राम्रो छ । तयसैले सम्मानजनक अवस्था नभएसम्म हामी कुनै पनि बैंकसँग जाने भन्ने कुरा हुँदैन । विभिन्न बैंकहरुसँग छलफल भईरहेको छ । तर आजका मितिसम्म कसैसँग फाइनल भईसकेको छैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने- ‘छिट्टै कसैसँग जोडी मिलेको खबर आउने सम्भावना भने छ ।’
यता नबिल बैंक लिमिटेडका पूर्व कार्यकारी अधिकृत अनिलकेशरी शाह पनि नबिल र एनसीसीबीचको मर्जरका कुरा आफुले पनि संचारमाध्यममा पढेको प्रतिक्रिया दिएका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भनेका छन्- ‘मैले पनि अनलाइनहरुमा पढेर यस विषयमा सुनेको हुँ । आजका मितिसम्म (जुन १९ तारिखसम्म, उनी नबिलका सीइओनै भएका बेला) कुरा अगाडी बढेको भएको थाहा छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्