×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले दियो आयल निगमलाई ३ प्रतिशत ब्याजमा ३ अर्ब ऋण

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आयल निगमलाई ३ अर्ब रुपैयाँ ऋण दिएको छ । बैंकले ३ प्रतिशत ब्याजदरमा आयल निगमलाई कर्जा लगानी गरेको हो । निगमले राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब रुपैयाँ ऋण लिएर टेकुको २९ रोपनी जग्गा धितोमा राखेको हो । भारतबाट महँगोमा तेल किनेर नेपालमा सस्तोमा बेचिरहेको नेपाल आयल निगम निरन्तर घाटामा गएपछि बैंकहरुबाट ऋण लिन बाध्य भएको हो ।

ऋणमा सरकार जमानी बसेको छ । भोलि निगमले ऋण तिर्न नसकेमा सरकारले सो विषयको जवाफदेही बन्नु पर्ने हुन्छ । राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत डीसीईओ दिवेश प्रसाद लोहनीले सरकारले निर्णय गरेपछि सोही अनुसार कर्जा र ब्याज पनि दिनु पर्ने बताए ।

अर्थमन्त्रालय स्रोतका अनुसार सरकारले निगमको ५ अर्ब रुपैयाँ पनि फिर्ता गरेको छ । यसअघि निगम नाफामा रहेको समयमा सरकारले निगमबाट ५ अर्ब रुपैयाँ लिएको थियो । अहिले निगमले सो रकम फिर्ता मागेपछि अर्थ मन्त्रालयले पनि फिर्ता गरेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: