काठमाडौं । नेपाल बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘१०.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८४’ नामक ऋणपत्र जारी गर्ने भएको हो । बैंकले उक्त ऋणपत्र बिक्री गर्न बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।
नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
प्रतिकित्ता १ हजार रुपैयाँ दरको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने नेपाल बैंकले जानकारी गराएको छ । यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर प्रदान हुने भएको छ । ऋणपत्र निष्कासनका लागि बैंकले नियमनकारी निकायहरुबाट स्वीकृति लिन भने बाँकी रहेको छ । नियामकहरुको स्वीकृतिपछि मात्र ऋणपत्र जारी हुने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्