काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंककको सेयर कारोबार रोक्का भएको छ । इन्भेष्टमेन्ट र मेगा बैंक एक आपसमा मर्जमा जाने भएकाले दुवै बैंकको जेठ ३० गतेदेखि सेयर कारोबार रोक्का भएको हो । दुवै बैंकबीच मर्जरका लागि जेठ २७ गते बिहीबार सम्झौता भएको हो । सम्झौतामा नेपाल इन्भेष्टमेन्टका सञ्चालक तथा मर्जर कमिटीका संयोजक प्रजन्यराज भण्डारी र मेगा बैंकका सञ्चालक तथा मर्जर कमिटीका संयोजक मुक्ति पाण्डेले हस्ताक्षर गरेका हुन् ।
मर्जरपश्चात नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाममा एकिकृत कारोबार हुने भएको छ । मेगा बैंकका १०० कित्ता सेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता प्राप्त गर्नेछन् । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ भने मेगाको १६ अर्ब १२ करोड रुपैयाँ छ । हिमालयन बैंकसँगको मर्जर प्रक्रिया भाडिएपछि कोहिसँग मर्जरमा जानैपर्ने बाध्यता रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले अन्ततः मेगा बैंकलाई जोडीको रुपमा रोजेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्